मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गभर्नर बन्न कार्यकारी निर्देशक डा. भट्टले दिए राजीनामा

गभर्नर बन्न कार्यकारी निर्देशक डा. भट्टले दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैंक स्रोतका अनुसार उनले शुक्रबार कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनालाई राजीनामा पत्र बुझाएका हुन् ।

उनी राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने निश्चित जस्तै भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् ।

गभर्नर बन्ने चर्चामा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पनि यसअघि कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । तर, हालसम्म उनको राजीनामा स्वीकृत भएको छैन ।
कार्यकारी निर्देशकको राजीनामा स्वीकृति राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृत गर्नुपर्छ ।

गभर्नर बन्नका लागि धेरैले इच्छा देखाएका छन् ।

चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर तिम्सिनालाई दिएको छ । उनी पनि गभर्नर बन्ने दौडमा छिन् ।

गभर्नर छनोट समितिले दुई डेपुटी गभर्नरमध्ये एक र अन्य दुईजना गरी तीनजनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ ।