मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण, विश्वकै प्रदुषित सहरको दोस्रो स्थानमा

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण, विश्वकै प्रदुषित सहरको दोस्रो स्थानमा

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरकाअनुसार बिहान ११ः२५ मा काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १६१ छ । पहिलो स्थानमा बंगलादेशको ढाका सहर रहेको छ । यहाँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १६९ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत मानिन्छ ।