बर्दघाट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणको क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शहीद सूर्यविक्रम थापा ‘सलिम’को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो । थापा माओवादी ‘जनयुद्ध’का क्रममा २०६० सालमा चितवनमा मारिएका थिए । उनको योगदानको सम्मानस्वरुप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया