मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । काभ्रेमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ । मंगलबार भित्री सडकखण्डमा रबिओपीबाट पाँचखालतर्फ आउँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बर टिपरको ठक्करबाट पाँचखाल नगरपालिका–३, चापेपिपलबोटकी आरिका परियारको ज्यान गएको हो ।

काभ्रे प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी आरिकाको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा मंगलबार अपराह्न ४:४० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

टिपर चालक सूर्यबहादुर तामाङ र टिपरलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।