मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा विधेयक पारित गर्ने सरकारको आश्वासन, शिक्षक भन्छन्- विश्वास नै छैन

शिक्षा विधेयक पारित गर्ने सरकारको आश्वासन, शिक्षक भन्छन्- विश्वास नै छैन

न्यूजस्टोरी

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई आ-आफ्नो कार्य थलोमा फर्किन अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तर पुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोध प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्य थलोमा फर्कन आग्रह गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन् ।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताइन् ।

तर, आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले भने विश्वास नरहेको जनाइरहेको छ । सरकारको निर्णयप्रति विश्वास नै नरहेको भन्दै शिक्षकभने काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने मनसायमा छन् ।