मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण : कम्तीमा ४०० जनाको मृत्यु

सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमण : कम्तीमा ४०० जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणबाट कम्तीमा ४०० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै यसको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ । यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो । आरएसएफले गत हप्ता पनि अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण गरेको थियो ।

सुडानमा डार्फरको नियन्त्रणका लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ । अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । यसका कारण लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

राष्ट्रसङ्घले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राष्ट्रसङ्घले पनि मृत्यु हुनेको सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ ।