मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा असिनासहितको वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बाँकेमा असिनासहितको वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

न्यूजस्टोरी

बाँके, १ बैशाख । बाँकेमा बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा हिजो बेलुका भएको बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताउनुभयो ।

खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उहाँको भनाइ छ । नकाटेको ठाडो गहुँबालीमा समेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको छ । गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्‍याएको बताउनुभयो । उहाँले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरूले अनुगमन गरिरहेको र आठ वटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

बाँकेमा गएको बुधवार बेलुकादेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पुर्‍याएकोमा हिजो बेलुका परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।