मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनको शहर सुमीमा रुसी आक्रमण, ३४ जनाको ज्यान गयो

युक्रेनको शहर सुमीमा रुसी आक्रमण, ३४ जनाको ज्यान गयो

न्यूजस्टोरी

युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् । आक्रमणमा १५ बालबालिकासहित ११७ जना घाइते भएका युक्रेनको राज्य आपतकालीन सेवाले जानकारी दिएको छ ।

सर्वसाधारण चर्चमा भेला भएका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलाँगले रुसको आक्रमणले सबै सीमा नाघेको भन्दै रुसको गलत कार्य भएको टिप्पणी गर्नुभएको छ ।

रुसको लगातारको आक्रमणमा युक्रेनले ठूलो मात्रामा जनधनको क्षति बेहोर्नु परिरहेकोले अमेरिकाले दुई दशेबीचको युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

आक्रमणको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा रुसले भयानक आक्रमण गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले अब विश्व समुदाय चुप लागेर बस्न नहुने र युद्ध अन्त्य गर्न रूसलाई दबाब दिनुपर्ने उल्लेख गर्नुभएको छ ।