शेखर छत्कुली
वीरगंज, ३१ चैत्र । जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना भएको छ । दुई समुदाय बीचको झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो । विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो । आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए ।

राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका –याली, बन्द लगायतका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए । तेस्रो चरणको वार्ता पनि विभिन्न ५ वटा निर्णय गर्दै सकिएको छ । घटनामा संलग्न दोषीहरुमा विस्तृत छानविन र अनुसन्धान गरी कारवाही गर्ने, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष प्रतिबद्ध रही कानुनी कारवाहीमा सहयोग पु¥याउने, घटनामा घाइते भएकाहरको निशूल्क उपचारको व्यवस्था गर्नुका साथै घटनाको क्षतिपूर्तिका लागि पहल गर्ने, धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, गरेमा कारवाही गरिने र पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघ संस्था तथा संस्थाबाट सञ्चालित विद्यालय, मदरसा आदीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारवाहीको दायरामा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसअघि भएको वार्ताबाट शनिवारदेखि लगाइएको कफ्र्यु अझै १२ घन्टा थप गर्ने निर्णय भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतवार मध्याह्न १२ बजेसम्मको लागि कफ्र्यु लगाएको थियो ।
तर, अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कफ्र्युलाई निरन्तरता राख्ने आएको सुझावलाइ मध्यनजर गरेर कफ्र्यु बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । त्यसपछिको अवस्थाअनुसार आवश्यक छलफल गरेर निर्णय गरिने अर्यालले बताउनुभयो ।
प्रतिक्रिया