मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो सरकार धेरै अगाडि जान सक्दैन, नयाँ वर्षमा अर्को सरकार बन्छ: प्रचण्ड

यो सरकार धेरै अगाडि जान सक्दैन, नयाँ वर्षमा अर्को सरकार बन्छ: प्रचण्ड

न्यूजस्टोरी

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकार धेरै दिन नरहने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताए ।

त्यसबारे उल्लेख गर्दै उनले आफूले घटनाक्रमहरू सोहीअनुसार विकसित भएको पाएको बताए । नयाँ अनुभवका आधारमा आफूले यो कुरा गरेको प्रचण्डको भनाइ छ ।

‘यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे उल्लेख गर्दै प्रचण्डले भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्थिति आए सघाउन तयार रहेको बताउँदै आएका छन् । कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई सरकारमै सहभागी भएर या नभएर पनि आफूहरूले सघाउने उनले भन्दै आएका छन् ।