मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

न्यूजस्टोरी

नवलपरासी, ३० चैत्र । पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बिहान पौने १२ बजे विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको ईलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

डाइभर्सन बगाएपछि चार सय मिटर बाटो वारपार गर्न २५ किलोमिटर घुमाउरो वैकल्पिक बाटो मात्रै प्रयोग गर्न मिल्ने उहाँले बताउनुभयो । अत्यावश्यक गाडीलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्कीबासतर्फ बाटो प्रयोग गर्न भनिएको छ ।

वैकल्पिक बाटोमा लामो र साना गाडीमात्र जान सक्ने स्थिति रहेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । खोला बढेका कारण तत्काल डाइभर्सन बनाउन सम्भव नरहेको प्रहरीले जनाएको छ । गत पुसमा भारतीय ट्रकको ठक्करबाट यो खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सन बनाएर गाडी आवतजावत गराइएको थियो ।

यसैबीच अस्ति राति वर्षाका कारण दाउन्ने खण्ड पूर्णरूपमा बन्द हुँदा २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो । यो सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी रोकेर मर्मतको काम भइरहेको छ ।