मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका विभिन्न ठाउँमा बिहानैदेखि हावाहुरी,मेघगर्जनसहित वर्षा

देशका विभिन्न ठाउँमा बिहानैदेखि हावाहुरी,मेघगर्जनसहित वर्षा

न्यूजस्टोरी

काठमाडौं, ३० चैत्र । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानैदेखि हावाहुरी मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ ।

काठमाण्डौ उपत्यका लगायत वरिपरि क्षेत्रमा ठुलो हावाहुरी गराउने प्रणाली थप सक्रिय भएर मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

आज बिहानैदेखि गण्डकी, लुम्बिनी , कर्णाली र बागमती प्रदेशमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न ठाउँमा वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ ।