सिरहा, २९ चैत्र । मधेश प्रदेशका एक हजार आठ सयभन्दा धेरै स्वास्थ्यकर्मीले आन्दोलनमा गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि चलिरहेको धर्नामा चौथो र पाँचौं तहका सिअहेब तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरू गरेका हुन् ।
धर्नामा सहभागी संयोजक मोहन साहले मधेश प्रदेश सरकारले ल्याएको ‘मधेश प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरू धर्नामा बसेको बताउनुभयो । ऐनका कारण आफूहरू बढुवाबाट वञ्चित भएको उहाँले बताउनुभयो ।
ऐनमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ भन्ने बुँदालाई आधार मानेर मधेश लोक सेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरू गरेका कर्मचारीहरू अन्योलमा परेका छन् ।
प्रतिक्रिया