मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागु औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा

लागु औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
बारा, २८ चैत्र । बारा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बिशेष सुचनाको आधारमा उक्त लागु औषध ब्राउन सुगर सहित उनिहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले बारा जिल्लाको फेटा गाउँपालिकाबाट विशेष सूचनाको आधारमा निगरानीमा राखिएको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागु औषध बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताएकाछन् ।


जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा ना ३ त ४७१४ नम्बरको ट्र्याक्टरलाई रोकी चेकजाँच गर्दा टयाक्टरको टयाङ्की भित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागु पदार्थ खैरो ब्राउन सुगर बरामत गरी उनिहरू २ जनालाई नियन्त्रणमा लिएको थियो।

लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।


लागु औषध सहित पक्राउ परेका दुवै जना भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पञ्चायत वडा नम्बर–२ का बासिन्दा रहेको वारा प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध ओसार पसार सम्बन्धमा मुदा चलाउने तयारी भै रहेको र यस वारे थप अनुसन्धान भैरहेको वारा प्रहरीले जनाएको छ।