मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

न्यूजस्टोरी

काभ्रे । काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुबाहक बस बीपी राजमार्गमा दुर्घटना भएको छ। काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए ।

उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीमध्ये ४ जनालाई ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको गिरीले बताए । यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे–१ ख ३३९४ नम्बर को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो । प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए । बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन् ।