काठमाडौं, २८ चैत्र । चैत्र शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । २६२३ वर्षअघि यही दिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा जन्मिएका थिए ।
राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ । १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् ।
मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ । शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएका छन् ।


प्रतिक्रिया