मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयोग गर्ने

नेपालले म्यानमारलाई २७ टन राहत सामग्री सहयोग गर्ने

न्यूजस्टोरी

काठमाडौं, २७ चैत्र । नेपालले भूकम्पबाट प्रभावित म्यानमारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूसहितको टोलीले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।

नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बताउनुभयो । म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधि, आवश्यक राहत सामग्री प्रदान गरिने उहाँले बताउनुभयो ।

यसअघि नेपाली सेनाको चिकित्सकको टोली म्यानमारमा गइसकेको छ ।

म्यानमारमा गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ३ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।