मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश वर्षको उद्घाटन प्रधानमन्त्रीले गर्न नभ्याउने

कोशी प्रदेश वर्षको उद्घाटन प्रधानमन्त्रीले गर्न नभ्याउने

न्यूजस्टोरी

काठमाडौं ।कोशी पर्यटन वर्ष–२०८२ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नभ्याउने भएका छन् ।

औपचारिक समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । समुद्घाटन कार्यक्रम तेह्रथुमको वसन्तपुरस्थित आरआर गार्डेनमा हुँदैछ ।

मूल आयोजक समितिका अध्यक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की छन् । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताए ।

उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरेका छन् ।