मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाइट क्लबको छत खस्दा ७९ जनाको मृत्यु, १६० घाइते

नाइट क्लबको छत खस्दा ७९ जनाको मृत्यु, १६० घाइते

न्यूजस्टोरी

काठमाडौँ । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक प्रतिष्ठित नाइटक्लबको छत खस्दा कम्तीमा ७९ जनाको ज्यान गएको छ भने १६० जना घाइते भएका छन्। मेरुंग कन्सर्ट चलिरहेका बेला भएको यो दर्दनाक घटनामा राजनीतिज्ञ, खेलाडी लगायत थुप्रै मानिसहरूको उपस्थिति थियो।

आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुअल मेन्डेजका अनुसार सान्तो डोमिङ्गोस्थित जेट सेट नामक एकतले नाइटक्लबको भग्नावशेषमा जीवित मानिसहरूको खोजी कार्य जारी छ। उनले भने, “हामी भग्नावशेष हटाउने र मानिसहरूको खोजीमा निरन्तर लागिरहनेछौँ।”

घटनास्थलमा उद्धार कार्यलाई तीव्र पारिएको छ। चार सयभन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा सक्रिय छन्। प्रत्यक्षदर्शीका अनुसार प्रख्यात डोमिनिकन मेरेंग गायक रुबी पेरेजले स्टेजमा प्रस्तुति दिइरहेका बेला अचानक बत्ती गएको थियो र लगत्तै क्लबको छत खसेको थियो। दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजारसम्म मानिसहरू रहेको अनुमान गरिएको छ।