मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिउँसै बत्ती बालेर सरकार खोज्दै शिक्षकहरू

दिउँसै बत्ती बालेर सरकार खोज्दै शिक्षकहरू

न्यूजस्टोरी

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन्।

बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन्। सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ। उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन्। शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए।