मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाण्डौ । आज देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो सबै प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशसहित अरु प्रदेशको तराई क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा भने हल्का हिमपातको पनि सम्भावना छ । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी मौसमविद् शान्ति कँडेलले काठमाण्डौ उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने बताउनुभयो । छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने उहाँको भनाइ छ ।