मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनकुने घटनाका पीडित परिवारलाई भेटेर बालेनले भने, ‘निष्पक्ष छानबिन हुनुपर्छ’

तीनकुने घटनाका पीडित परिवारलाई भेटेर बालेनले भने, ‘निष्पक्ष छानबिन हुनुपर्छ’

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तिनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन् । किर्तिपुर र डल्लु पुगेर दुवै परिवारसँग समवेदना व्यक्त गरेका हुन् ।

चैत्र १५ गते भएको उक्त घटनामा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

“राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,” मेयर शाहले भने । उनले पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत प्रदान गरिने जानकारी दिएका छन् ।