मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं फेरि विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा, उडान प्रभावित

काठमाडौं फेरि विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा, उडान प्रभावित

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ । यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

यता अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो । जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यस्तै यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ ।

यस्तै बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतीको पोखरा नै उड्नुपर्ने अर्को जहाज पनि डिले भएका छन् । आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान भने सफल भएको छ । यस्तै अन्तर्राष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् ।