मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथाको आधारशिविरमा विलासी सामानको प्रयोगले समस्या बढाउँदै

सगरमाथाको आधारशिविरमा विलासी सामानको प्रयोगले समस्या बढाउँदै

न्यूजस्टोरी

काठमाडौं, २५ चैत्र । विज्ञहरुले सगरमाथा आधारशिविरमा विलासी सामानको प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गर्दै त्यस्ता सामानमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

हिमाली पर्यटन व्यवसायी एवम् पथप्रदर्शक दावा टासी शेर्पाले हिमाली क्षेत्रमा विलासी बस्तुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरेको गुनासो गर्नुभयो । आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा परेका उहाँको दाबी छ ।

यस्तै कार्यक्रममा जलवायु विज्ञ पपुलर जेन्टलले हिमाली क्षेत्रमा आइरहेको संकटले हिमाली क्षेत्रमा मात्र नभई विश्वमै प्रभाव पार्ने बताउनुभयो ।

अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का प्रमुख पेमा ग्यामात्सोले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनः मूल्यङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय आधारशिविरमा आरोहीहरुलाई पाँचतारे होटल सरह सुविधा उपलब्ध गराउने होड बढेको छ । ताप बढाउनेदेखि खाना पकाउने लगायतका काममा उपकरणको प्रयोग अत्याधिक बढेपछि त्यसको असर हिउँमा पर्न थालेको विज्ञहरुले बताएका छन् ।