मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिउँ पहिरोमा दुई जना बेपत्ता

हिउँ पहिरोमा दुई जना बेपत्ता

न्यूजस्टोरी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँ पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताइन् ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिइन् ।

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।