मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा तामाङ पक्राउ

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा तामाङ पक्राउ

न्यूजस्टोरी

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड र जडिबुटी उद्योगमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो । यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउने सम्मलाई पक्राउ गरिसकेको छ ।