काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको रोक्किएको तलब पाएका छन् । कर्मचारीको खातामा आज तीन महिनाको तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनका अनुसार, कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ ।
चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।


प्रतिक्रिया