मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी पर्सा द्वारा पिकप गाडि सहित ३५ लाख रुपैयाँ मुल्य बराबरको भन्सार छलेको कपडा भन्सारमा बुझाइयो

सशस्त्र प्रहरी पर्सा द्वारा पिकप गाडि सहित ३५ लाख रुपैयाँ मुल्य बराबरको भन्सार छलेको कपडा भन्सारमा बुझाइयो

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज २५ चैत ।सशस्त्र प्रहरी बल पर्साले अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको करिव १० लाख रुपैयाँ भन्दा बढीको अवैध लता कपडा सहित एउटा पिकप गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारले बिषेश सुचनाको आधारमा अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ आउँदै गरेको एउटा पिकप गाडीमा ल्याउदै गरेको लता कपडा गाडी सहित नियन्त्रणमा लिएको हो ।

तस्करहरुले भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई भित्र्याईएका कपडाहरु बीरगञ्ज महानगरपालिका(१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा.प्र.०१.०२७ च ८५०३ नम्बरको सेतो रंगको TATA YODHA SINGLE CAB पिकअप गाडिमा लोड गरी जीतपुर-सिमरा तर्फ लैजान लागेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरिक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलिले सोही स्थानबाटै गाडिलाई पिछा गर्दै जाँदा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा-२३ भलुवाही गाउँमा गाडीलाई बेवारिसे अवस्थामा साघुरो गल्लिमा छाडी गाडी चालक भागी गएको अवस्थामा उक्त कपडा सहितको गाडीलाई नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले सो पिकप गाडीमा भन्सार छलेर ल्याउदै गरेको २० बोरा (सर्टिङ्ग सुटिङ्ग, सारी र कुर्तासुरवाल) कपडाहरु र पिकअप गाडी सहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अवैध समानको मुल्य अनदाजी करिव १० लाख ७ हजार ९ सय रुपैयाँ बराबरको रहेको छ ।

सशस्त्र प्रहरीले पक्राऊ गरेको गाडीमा
२० बोरा ९सर्टिङ्ग सुटिङ्ग, सारी र कुर्तासुरवाल० कपडाहरु नियन्त्रणमा लिएको र सामानको मुल्य र पिकअप गाडीको मूल्य गरी जम्मा मूल्य करिव रु।३५ लाख ७ हजार ९ सय रुपैयाँ मुलाङ्क गरी गाडी र कपडाहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका सुचना अधिकारी देवेन्द्र सिंहले जनाएका छन् ।