शेखर छत्कुली
वीरगंज, २३ चैत्र । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले वीरगन्ज महानगरपालिका वडा नम्वर १० स्थित एक ट्रान्सपोर्टको गोदाममा भन्सार छलेर अवैध सामान राखेको आशँकामा छापामारी गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैया वारा र सशस्त्र प्रहरीको टोलीले वीरगन्ज १० स्थित आदर्शनगरमा रहेको मदन गुप्ता“ रुन्चे” भन्नेको श्री दुर्गा रोड कैरियरको गोदाममा छापामारी गरेको हो ।
अनधिकृत ब्यापारमा ख्याती कमाएका मदन गुप्ता“ रुन्चे”द्वारा संचालीत श्री दुर्गा रोड कैरियरको गोदाममा राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापामारी गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सार कार्यालय राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगंज उधोग वाणिज्य संघका प्रतिनिधिको समेत सहभागितामा उक्त गोदाममा छापामारी गरको हो ।
ट्रान्सपोर्टमा अवैध रुपमा रातीको समयमा भन्सार छलेर लता कपडा भण्डारन गरी राखेको विषेश सुचनाको आधारमा उक्त ट्रान्सपोर्टलाई सशस्त्र प्रहरीको टोली र राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले टोलीले शुक्रबार राति १२ बजे देखी नै घेरा हालेर नियन्त्रणमा लिएको थियो ।
शनिबार बिहान दुर्गा रोड ट्रान्सपोर्ट्का सँचालक मदन गुप्तालाई बोलाई गोदाम खोल्न लगाई उक्त गोदाममा रहेका लता कपडा चेकजाँच गरेका थिए भने अधिकानस सामानको बिल विजक र स्पोर्टिङ्ग भन्सार प्रगयापन पत्र नरहेको राजश्व अनुसन्धान कार्यालय वाराले जनाएको छ।
गोदाममा रहेको कपडाको लगत राजस्व अनुसन्धान कार्यालय कर्मचारीले लगेका छन । तस्करी गरेर कपडा ल्याएर राखेको आरोपमा छापामारी गरेको सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए ।

गोदाममा कुर्ता सुरवाल, सुटिङ सटिङका कपडा स्टिलका भाडा कुडा भण्डारण गरि राखिएको थियो ।
भण्डारण गरिएको कपडा मध्ये केहीको कागजात फेला नपरेको एक राजश्व अधिकारीले बताएका छन ।
तर एकिन तथ्यका बारेमा थप अनुसन्धान पछि भन्न सक्ने राजश्व अनुसन्धाने जनाएको छ ।

ट्रान्सपोर्टका संचालक मदन रुन्चेले भने कपडाको कागजात रहेको बताए ।
स्रोतका अनुसार एक ट्रकमा राखेर अवैध रुपमा ट्रान्सपोर्टबाट राती १ बजे नै भन्सार छलेर भित्रयाईएको बाहिरिएको स्रोतले जनायो ।
संचालक रुन्चेको गोदाममा सशस्त्र प्रहरी र राजस्व चुहाट नियन्त्रणका लागि परिचालित निकायले पटक पटक छापामारी गर्दै आइरहेको छ ।
उक्त ट्रान्सपोर्टमा रहेको कागजपत्र मात्र अहिले लगेको र यस वारे थप अनुसन्धान भै रहेको र सन्चालक रुन्चेलाई गोदाममा रहेको सम्पुर्ण सामानहरुको खरिद खाता र बिक्री खाता सहित लिएर राजश्व कार्यालयमा आउन राजश्वले जनाएको छ ।
प्रतिक्रिया