मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

न्यूजस्टोरी

बुटवल, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा ल्याइने भएको छ । शुक्रबार साँझ पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका रविलाई आज भैरहवा ल्याइने भएको हो । विमानमार्फत भैरहवा ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रविलाई शुक्रबार उनको निवास बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।