काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै जोशीलाई थुनामा पठाउने आदेश गरेको हो ।
यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा थुनामा पठाउने आदेश गरेको थियो ।


प्रतिक्रिया