शेखर छत्कुली
वीरगन्ज, २० चैत्र । सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मले वीरगन्ज महानगरपालिका वडा नम्वर १६ बाट लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीको प्रस्तावित गुल्म विरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा, वीरगञ्ज म।न।पा।,वडा नं।-१६ स्थित भारत रक्सौलबाट टाँगा चढेर वीरगञ्ज तर्फ आउँदै गरेको अबस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा CODEINE PHOSPHATE & TRIPROLIDINE HYDROCHIORIDE SYRUP) ONEREX COUGH SYRUP (100ml) को ५० वटा बोतल बोरा भित्र आलुमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी १३ नम्वर गण चिनीमिलका सुचना अधिकारीहरु सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जनाएको छ।
उक्त लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला बारा, महागढिमाई नगरपालिका, वडा नं।(१४, भौरा घर बस्ने वर्ष १३ को चन्दन सहनी रहेको सुचना अधिकारी सिंहले बताए।
प्रतिबन्धित लागू औषध र निज ब्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगन्ज महानगरपालिका १६ स्थित रहेको प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रतिक्रिया