मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर

काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर भएको छ । पछिल्लो समय वर्षा पनि हुन नसक्नु र मौसम पनि खुल्न नसक्दा वायू प्रदूषणले काठमाडौँ सहर अस्तव्यस्त भएको छ ।

तुवाँलोका कारण हवाई उडानसमेत सहज हुन सकेको छैन । मंगलबार बिहान काठमाडौँको एयर क्वालिटि इन्डेक्स एक्यूआई २६८ रहेको छ । यो भनेको निकै प्रदूषित हो । 

दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई २२८ रहेको छ । तेस्रो स्थानमा थाइल्याण्डको चियाङ माई रहेको छ । चौथोमा चीनको वुहान तथा पाँचौँमा पाकिस्तानको लाहोर रहेको छ । 

स्वास्थ्य प्रतिकूल
काठमाडौँको प्रदूषणले रोग निरन्तर बढिरहेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार वायु प्रदूषणका कारण भाइरल बढिरहेको छ । रुघाखोकी बढिरहेको छ ।

त्यस्तै छालाको रोग हुने, आँखा चिलाउने लगायतका रोग पनि बढेको चिकित्सकहरु बताउँछन् । सकभर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाएर निस्कन पनि चिकित्सकहरुले आग्रह गरेका छन् ।  मौसमविद्हरु तत्काल काठमाडौँमा वर्षा हुने सम्भावना कम रहेको बताउँछन् ।  सरकारलेसमेत प्रदूषण कम गर्ने कुनै योजना बनाएको छैन । 

facebook sharing button
twitter sharing button
messenger sharing button