मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविसहित रास्वपा सासंदहरू सभामुखलाई भेट्न सिंहदरबार जाँदै

रविसहित रास्वपा सासंदहरू सभामुखलाई भेट्न सिंहदरबार जाँदै

न्यूजस्टोरी

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । लामिछाने आज (मंगलबार) बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा जाने भएका हुन् । उनीसँगै रास्वपाका सांसदहरूले जाने भएका छन् ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो । संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ । सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

‘हामीले एक महिनाअघि नै हाम्रा सभापतिको निलम्बन फुकुवाको लागि सभामुखलाई ध्याकर्षण पत्र बुझाएका थियौँ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘तर त्यो पत्रको सुनुवाई अहिलेसम्म भएको छैन । ठूलाठूला मुद्दा लागेकाहरु निलम्बन भएका छैनन् । तर हाम्रा सभापति लामो समयदेखि निलम्बनमा हुनुहुन्छ । यो जायज छैन । निलम्बन फुकुवाको थप पहलको लागि हामीले सभामुखलाई भेट्न लागेका हौं ।’ सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए । पार्टी बैठकको अध्यक्षता समेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन् ।