शेखर छत्कुली
वीरगन्ज, १९ चैत्र । बीरगञ्ज २५ स्थित सिर्सिया प्रहरी चौकी र आईसिपी भन्सार भित्र रहेको सशस्त्र प्रहरी विओपीको मिलोमतोमा जुवा सँचालन भइरहेको पाईएको छ ।
बीरगञ्ज महानगरपालिका २५ सिर्सिया स्थित रहेको आईसिपी भन्सार गेटको पुर्व दिशामा चार पाँच जनाको समुहले अवैध रुपमा तिन तसिया जुवा तास सन्चालनमा आएको छ।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले पर्सा जिल्लामा रहेको सम्पुर्ण प्रहरी युनिटलाई अवैध कारोवार तस्करी हुण्डी बन्द गर्न निर्देशन दिएपनी सिर्सिया प्रहरी चौकीले एसपीको आदेशलाई अटेर गर्दै जुवाको लागी रकम लिएर लाईन दिएका छन ।
हामीले लेखेका समाचारका कारण बिगत १५ दिन दिन देखी बन्द रहेको आईसिपी गेटको पुर्व दिशामा जुवा तास ९ तिन तसिया ० आज दिउँसो देखी फेरी सुरु भएको छ ।
भारतबाट आईसिपी भन्सार हुँदै गाडी लिएर नेपाल प्रवेश गर्ने गाडीका चालकहरुलाई बिभिन्न प्रलोभन देखाई जुवा खेल्न बाध्य बनाउने र उनिहरू जुवामा हारे पछी खेलाउने स्थानीयहरु बेपत्ता हुने एक भारतिय ड्राईभरले बताएकाछन्।
आईसिपी भन्सार भित्र रहेको सशस्त्र प्रहरीको एउटा टोली गेटमै डिउटी दि रहेका हुन्छन् उनीहरुको अगाडी नै जुवा तास ९ तिन तसिया ० सन्चालन भएपनी सशस्त्र प्रहरीले जुवा तास खेलाउनेहरु सँग मोटो रकम लिएर हेरेपनी नहेरेको जस्तो गर्ने गरेका छन् भने सिर्सिया प्रहरी चौकीका सादा पोसाकमा रहेका प्रहरीहरुले पनी लाखौ रुपैँया महिनावारी लिने गरेको एक स्थानीयले टेलिफोनमा आफनो नाम नछाप्ने सर्तमा यस न्युज स्टोरी नेपाललाई बताएकाछन्।
सो स्थानमा जुवामा दैनिक एकलाख देखी ५ लाख रुपैयाँ सम्म हारजित हुने गरेको उनी बताउँछन्।
सो जुवा तास खेलाउनेहरुले दैनिक रुपमा लाखौ रुपैँया आम्दानी गर्ने गरेका छन्।
यसरी सिर्सिया स्थित आईसिपी गेटमा भएका जुवाका कारण भारतिय ड्राईभर कङगाल हुनुका साथसाथै स्थानीयहरु सो जुवामा लाखौ रुपैँया हारेर घरको न घाटको हुने गरेका कारण उनीहरूको घरका परिवारहरु समेत विचली भएका छन ।
यस तर्फ पर्सा जिल्लाको प्रहरी प्रशासनको ध्यान जान आवश्यक रहेको छ ।


प्रतिक्रिया