मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको अमरपटीबाट बढ्दो तस्करी : डिएसपी पुजारको कमान्डमा पौने ७ लाख रुपैया वरावरको मकै बरामद 

पर्साको अमरपटीबाट बढ्दो तस्करी : डिएसपी पुजारको कमान्डमा पौने ७ लाख रुपैया वरावरको मकै बरामद 

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज,१८ चैत्र 
पर्सा जिल्लाको अमरपटीबाट ब्यापक तस्करी शुरु भएको छ।
पर्साको अमरपटीबाट तस्करी सुरु भएपछी नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिशेष निगरानी बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि अवैध रुपले नेपालबाट भारत तर्फ लादै गरेको ठुलो मात्रामा अबैध मकै बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिङ्ग पुजाराको कमाण्डमा खटिएको टोलीले पर्सा बिन्दाबासिनी गाउँपालिका ४ सतुमाई  मन्दिर  नजिकबाट बेवारिसे अवस्थामा २ सय ७० बोरा मकै पक्राउ गरेका छन।
पक्राउ परेका मकै ६ हजार ७ सय ५० केजी रहेको छ ।
सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्मले नियन्त्रणमा लिएको मकैको मुल्य अनदाजी करिब नेपाली मूल्य ६ लाख ७५ हजार रुपैया बराबरको रहेको
डिएसपी पुजाराले बताएका छन।