मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले ‘कथित’ भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

‘प्रधानमन्त्रीले होच्याउने काम गर्नुभयो । प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस्। प्रधानमन्त्रीले फागुन २५ गतेको स्वागत कथित भन्नुभयो । सो रेकर्डबाट हटाइयोस् ।’ प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संवोधन गर्दै गर्दा राप्रपा सांसदहरूले अवरोध गरेका छन् । प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेपछि राप्रपा सांसदहरू आक्रोशित भई अवरोध गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा साह मुख्य जिम्मेवार भएको बताए लगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाएका थिए । त्यसपछि पार्टीका सबै सांसदहरू उठेर विरोध जनाएका हुन् ।