मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी राष्ट्रपति पुटिनसँग अमेरिकी समकक्षी ट्रम्पको आक्रोश

रुसी राष्ट्रपति पुटिनसँग अमेरिकी समकक्षी ट्रम्पको आक्रोश

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आक्रोश व्यक्त गर्नुभएको छ ।

युद्धविरामका लागि प्रयास गरेको एक हप्तापछि एक समाचार संस्थासँगको अन्तरवार्तामा ट्रम्पले रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्व नियतमा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको भन्दै आक्रोशित हुनुभएको हो ।

उहाँले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँबाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने चेतावनीसमेत दिनुभएको बीबीसीले जनाएको छ ।

रुसका कारण युक्रेनमा पूर्ण रुपमा युद्धविराम नभए अमेरिकाले रुसमा माथिल्लो तहको प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भएदेखि नै युद्धविरामको प्रयासमा लाग्नुभएको ट्रम्पले पहिलो पटक रुसलाई चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि युक्रेनलाई दबाब दिँदै आउनुभएको ट्रम्पलाई कतिपयले रुसप्रति लचिलो भएको आरोप लगाएका थिए ।