मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युद्धविराम तोडिएपछि गाजामा इजरायली आक्रमण तिव्र

युद्धविराम तोडिएपछि गाजामा इजरायली आक्रमण तिव्र

न्यूजस्टोरी

गाजा–इजरायल युद्धविराम तोडिएपछिको इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेको सङ्ख्या नौ सय नजिक पुगेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च १८ पछिको ११ दिनमा इजरायली आक्रमणमा परी आठ सय ९६ जनाको ज्यान गएको छ । यस्तै आक्रमणमा एक हजार नौ सय ८४ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लू एफ पी) ले इजरायली नाकाबन्दीका कारण गाजामा तीन हप्ताभन्दा बढी समयदेखि मानवीय सहायता र खाद्य सामग्री आपूर्ति अवरुद्ध हुँदा हजारौं प्यालेस्टिनी भोकमरी र कुपोषणको चपेटामा परेको चेतावनी दिएको छ । इजरायल–गाजा युद्ध शुरु भएयता अहिलेसम्म इजरायली आक्रमणमा परी ५० हजार दुई सय ८ जना प्यालेस्टिनीको ज्यान गएको छ । एक लाख १३ हजार नौ सय १० जना घाइते भएका छन् ।

इजरायलमा सन् २०२३ अक्टोबर ७ तारिखमा हमासको आक्रमणमा परी कम्तीमा एक हजार एक सय ३९ जनाको ज्यान गएको थियो । यस्तै दुई सय जनाभन्दा धेरै मानिस अपहरणमा परेका थिए । यस्तै इजरायलले नोभेम्बरमा हिजबुल्लाहसँग भएको युद्धविरामपछि पहिलो पटक बेरुतमा पनि आक्रमण गरेको छ ।