मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक

न्यूजस्टोरी

काठमाडौं, १६ चैत्र । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून अनुसार कारबाही हुने बताउनुभएको छ । आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून अनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

राजावादीहरुले तीनकुनेमा हिजो गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरेका छन् । आक्रमणकारीहरुले हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।

त्यसैको अनुगमन एवम् निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग साइनो नरहेको बताउनुभयो ।