मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटेश्वरको भाटभटेनीमा लुटपाट, जडिबुटी कम्पनीको कार्यालयमा आगजनी

कोटेश्वरको भाटभटेनीमा लुटपाट, जडिबुटी कम्पनीको कार्यालयमा आगजनी

न्यूजस्टोरी

काठमाडौं । पूर्वराजाको समर्थनमा उत्रिएका राजावादीहरुको प्रदर्शन अराजक र हिंसात्मक बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले कोटेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु लगाएकोछ ।

कर्फ्यु लगाएपछि त्यसक्षेत्रबाट बाहिरिने क्रममा प्रदर्शनकारीले कोटेश्वरको भाडभटेनी र जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
त्यसअघि उनीहरुले तीनकुने क्षेत्रमा उत्पात मच्चाएका थिए । उनीहरुले निजी घरसम्पत्तिमा तोडफोड आगजनी गर्नुका साथै एकीकृत समाजवादीको कार्यालय र प्रहरी कार्यालयमा समेत तोडफोड गरेका थिए ।
राजावादी प्रदर्शनको कमाण्डर बनेका दुर्गा प्रसाईं र राप्रपा नेता रविन्द्र मिश्रले प्रदर्शनकारीलाई उक्साएका थिए ।