मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत्र १८ गते प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने

चैत्र १८ गते प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने

न्यूजस्टोरी

काठमाडौँ । कुलमान घिसिङको बर्खास्ती प्रकरणमा संसदमा आफुले जवाफ नदिने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।