मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणतन्त्र र राजावादीको प्रदर्शनका कारण‍ उपत्यकाको यातायात प्रभावित

गणतन्त्र र राजावादीको प्रदर्शनका कारण‍ उपत्यकाको यातायात प्रभावित

न्यूजस्टोरी

काठमाडौं । गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ।

दुवै पक्षको र्‍याली र सभाका कारण काठमाडौंका मुख्य सडकमा यातायात प्रभावित भएको हो। समाजवादी मोर्चा नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभाका कारण सो क्षेत्रमा यातायात आवागमन बन्द गरिएको छ। रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै काठमाडौंको तीनकुने, बानेश्वर , माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।