मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्सिङकी छात्रा छात्रावासको बाथरुममा मृत भेटिइन्

नर्सिङकी छात्रा छात्रावासको बाथरुममा मृत भेटिइन्

न्यूजस्टोरी

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत भेटिएकी छन् । डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमनकुमारी बैठा मृत अवस्थामा भेटिएकी हुन्।

बाराको विश्रामपुर घर भएकी उनी छात्रावासको बाथरुममा मृत फेला परेकी बताइएको छ। रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले झुण्डिएको अवस्थामा छात्रा सुमन मृत फेला परेको जानकारी दिए । झुण्डिएकै हो कि के हो थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।