मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भन्सार छलेर ल्याउँदै गरेको करिव २० लाख रुपैयाँ मुल्य बराबरको अबैध लत्ता कपडा बरामद

भन्सार छलेर ल्याउँदै गरेको करिव २० लाख रुपैयाँ मुल्य बराबरको अबैध लत्ता कपडा बरामद

न्यूजस्टोरी

शेखर छत्कुली
धनुषा, १२ चैत्र
सशस्त्र प्रहरी बल नेपालले अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको करिव २० लाख रुपैया मुल्य बराबरको लता कपडा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले भारतबाट मोटर साईकलमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको सो मुल्य बराबरको लत्ता कपडा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुर धनुषाका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक डिएसपी सुरज रिजालको कमाण्डमा रहेको टोलीले धनुषाको बैदेही नगरपालिका २ सरिता गाछी एरियाबाट नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सामानहरुमा साडी कुर्ता शुरुवाल लेडिज टप लगायत रहेकाछन ।
तस्करहरुले भारतबाट धनुषाको बैदेही तर्फ ६ वटा मोटर साईकलमा राखेर लगी रहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई देखेपछी तस्करहरुले उक्त मोटर साईकल र कपडा छाडेर भागेको सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले जनाएकाछन । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको लता कपडा र मोटर साईकल जनकपुर भन्सार कार्यालयमा बुझाउने तयारी भै रहेको रिजालले बताएकाछन ।