मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा गगन थापा निकटका चम्लागाईं निर्वाचित

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा गगन थापा निकटका चम्लागाईं निर्वाचित

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । शनिबार सम्पन्न लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनबाट चम्लागाईं ३५१ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगन कुमार थापा निकट हुन् ।

उनका प्रतिस्पर्धी विकास थापाले ८८ मत र कल्पना खड्काले १३ मत प्राप्त गरे । अध्यक्षमा पराजित विकास थापा संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका हुन् भने कल्पना खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महत नजिक छन् ।

उपाध्यक्षमा महिलातर्फ अनिता घिमिरे गैरे र खुल्लातर्फ उदयबहादुर लिम्बू निर्वाचित भए । गैरेले ३३९ मत र लिम्बूले ३३२ मत प्राप्त गरे । महामन्त्रीमा किरण कुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भए । पासवानले २४६ मत र खत्रीले ३४९ मत प्राप्त गरी विजयी भएका हुन् ।