मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पद्मकन्या क्याम्पसमा प्यानलै जितेका नेविसंघका बागीको विजय जुलुस

पद्मकन्या क्याम्पसमा प्यानलै जितेका नेविसंघका बागीको विजय जुलुस

न्यूजस्टोरी

काठमाडौं । पद्मकन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका विद्यार्थीहरुले जुलुस निकालेका छन् । स्वतन्त्र उम्मेदवारी दिएपनि उनीहरुले नेविसंघ जिन्दावादको नारा लगाउँदै विजयी जुलुस निकालेका हुन् । ‘नेविसंघ जिन्दावाद’, ‘विद्यार्थी जिन्दावाद’, ‘यो जित कस्को विद्यार्थीको’ जस्ता नारा लगाएको थिए ।

जुलुसमा उनीहरुले दुर्गेश थापाको चर्चित गीतमा डान्स गर्दै खुसी साँटेका थिए । नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी थिइन् । ऐरले ७३० मत ल्याएर विजयी भएकी हुन् ।

नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन् ।