मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा

आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा

न्यूजस्टोरी

चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने घोषणा गरेको छ । बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै चीनका उच्च नेताले विखण्डनका बावजुद चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको केही समयपछि चीन विकास मञ्चको बैठक भएको बीबीसीले जनाएको छ । अमेरिकी करवृद्धि र त्यसको बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेकोले विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको विज्ञहरुले बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली कियाङले अहिले चीन इतिहासको कठिन घडीमा भए पनि सही पक्ष, निष्पक्षता र न्यायमा दृढतापूर्वक उभिने बताउनुभएको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलगायत प्रमुख व्यापारिक नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री लीले चीनले आर्थिक भूमण्डलीकरणको सही दिशाको पालना गर्ने, सही बहुपक्षीयताको अभ्यास गर्ने र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्ने बताउनुभएको हो ।

अमेरिकासँग व्यापार वार्ताका लागि संलग्न हुन चीनले खुला दृष्टिकोण व्यक्त गरेको छ । अमेरिकी सिनेटर स्टिभ डेन्सले बेइजिङ भ्रमणका क्रममा आर्थिक मामिला हेर्ने चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री लीसँग पनि भेट गर्ने कार्यक्रम छ । चीनले यस वर्ष पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन गएको वर्षको जस्तै हो र धेरै अर्थशास्त्रीहरूले यसलाई महत्त्वाकाङ्क्षी मानेका छन् ।