मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलस्रोतमा विश्वकै धनी देश ब्राजिलले प्राकृतिक सतहको पानी गुमाउँदै

जलस्रोतमा विश्वकै धनी देश ब्राजिलले प्राकृतिक सतहको पानी गुमाउँदै

न्यूजस्टोरी

जलस्रोतमा विश्वकै धनी देश ब्राजिलले प्राकृतिक सतहको पानी गुमाउँदै गएको एक प्रतिवेदनले देखाएको छ ।

ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको क्षेत्र हो । धेरै भाग अमेजनमा छ । तर जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणको प्रभावले प्राकृतिक सतहको पानी गुमाउँदै गरेको प्रतिवेदनमा उल्लेख छ ।

म्याप बायोमास अनुगमन प्लेटफर्मको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ देखि गएको वर्षसम्म ब्राजिलले चार लाख हेक्टर जलीय सतह गुमाएको छ । यो लगभग अमेरिकी राज्य रोड आइल्यान्डको आकार बराबरको क्षेत्र हो ।

सुक्खा, शहरी विकास र जमिनमुनिको पानीको सतहबाट अति पम्पिङका कारण ब्राजिलले झण्डै २४ लाख हेक्टर नदी र तालको सतह गुमाएको छ ।

विश्व जल दिवसअघि सार्वजनिक प्रतिवेदनले भूमि अधिग्रहण र विश्व तापमानले गर्दा भएका चरम जलवायु घटनाले ब्राजिललाई अझ सुक्खा बनाउँदै लैजाने जोखिम आङ्कलन गरेको छ ।

ब्राजिलले आउँदो नोभेम्बरमा अमेजन राज्य पाराको राजधानी बेलेममा कोप–३० जलवायु सम्मेलनको आयोजना गर्नेछ ।