मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण

भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण

न्यूजस्टोरी

भोजपुर, ९ चैत्र । एखुवा खोलामा सात करोड ३७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

२०७९ चैतदेखि निर्माण शुरु भएको एखुवा पुलको निर्माण अवधि दुई वर्ष थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताउनुभयो ।

पुल निर्माण सम्पन्न भएपछि गाडी सञ्चालनमा आएका छन् । खोला पुल नहुँदा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दालाई सहज भएको छ । पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताउनुभयो ।